अध्याय 2 : साङ्ख्ययोग
साङ्ख्य योग (गीताको पूर्ण सार)
अथ चेत्त्वमिमं धर्म्यं संग्रामं न करिष्यसि।
ततः स्वधर्मं कीर्तिं च हित्वा पापमवाप्स्यसि॥ ३३॥
atha cet tvam imaṁ dharmyaṁ saṅgrāmaṁ na kariṣyasi |
tataḥ sva-dharmaṁ kīrtiṁ ca hitvā pāpam avāpsyasi || 33 ||
पदच्छेद र शब्दार्थ
अथ चेत् (atha cet)=तर यदि•त्वम् (tvam)=तिमीले•इमम् (imam)=यस•धर्म्यम् (dharmyam)=धर्मयुक्त•संग्रामम् (saṅgrāmam)=संग्राम वा युद्धलाई•न करिष्यसि (na kariṣyasi)=गर्दैनौ भने•ततः (tataḥ)=त्यसपछि•स्वधर्मम् (sva-dharmam)=आफ्नो स्वधर्मलाई•कीर्तिम् च (kīrtiṁ ca)=र यश (कीर्ति) लाई•हित्वा (hitvā)=गुमाएर (त्यागेर)•पापम् (pāpam)=पापलाई•अवाप्स्यसि (avāpsyasi)=प्राप्त गर्नेछौ।
सरल नेपाली अनुवाद
श्रीभगवान् भन्नुहुन्छ— तर यदि तिमीले आफ्नो कर्तव्य सम्झी यो धर्मयुद्ध गरेनौ भने, तिमीले आफ्नो स्वधर्म र आजसम्म कमाएको महान् कीर्ति दुवै गुमाएर केवल पापका भागीदार बन्नेछौ!
कर्तव्यबाट भाग्नु नै सबैभन्दा ठूलो पाप
झूटाे धर्म र जिम्मेवारीबाट पलायन
आफ्नो जिम्मेवारी र धर्मबाट भाग्ने बहाना नबनाउनुहोस्। अन्याय र गलत प्रवृत्तिको विरोध नगर्नु नै सबैभन्दा ठूलो आत्म-पतन हो। कर्तव्यको मैदानमा डटेर लड्नुहोस्।